प्रहरी प्रशासन

डनको गिरफ्तारीपछि प्रहरी विवादमा : सप्तरी एसपीमाथि प्रश्नचिन्ह उठ्न थाले

पब्लिक प्रेस ।

सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१ भारदहका कुख्यात डन ‘बुधन’ भनिने जोगानन्द मण्डलको पक्राउसँगै जिल्ला प्रहरी विवादको घेरामा परेको छ। आधा दर्जनभन्दा बढी आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका फरार अपराधी बुधनलाई असार १ गते प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेपछि, यस अभियानको तारिफभन्दा बढी आलोचना हुन थालेको छ।

आरोपित व्यक्तिको विगतको आपराधिक रेकर्ड र सजाय कायम भइसकेको अवस्थासमेत स्पष्ट हुँदाहुँदै, सामाजिक सञ्जाल र केही माध्यमबाट प्रहरीको नियतमाथि शंका गर्ने खालको सामाग्री फैलिनु प्रश्न उठाउने विषय बनेको छ। स्थानीय स्रोतहरूका अनुसार, बुधनको अपराधहरू होटल, बाँध क्षेत्र र भारतिय ठेकेदारमाथिको जबर्जस्ती असुलीमा केन्द्रित भए पनि, उसको पृष्ठपोषण गर्ने ताकतहरू अझै सक्रिय देखिन्छन्।

तर, यता जिल्ला प्रहरी प्रमुख एसपी खतिवडा भने फरार दोषीहरूलाई पक्राउ गर्न दृढ भएर लागिरहेको सूचनाहरूले देखाउँछ। यसै सन्दर्भमा, प्रहरीको कामप्रति उठाइएका शंकाहरू नियोजित प्रोपोगाण्डा मात्रै भएको भन्दै जानकारहरूले भनीरहेका छन्—यो विवाद अपराधीको गिरफ्तारीलाई गुमराहमा पार्ने प्रयास हो।

यो घटनाले एकपटक फेरि प्रहरी र अपराधबीचको संघर्षलाई सतहमै ल्याइदिएको छ, जहाँ न्याय, निष्पक्षता र प्रहरीको धर्म–कर्ममाथि समाजको नजर गहिरिँदै गएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button