समाचारस्वास्थ्य

नेपाली सेनाद्वारा छिन्नमस्ता–५ लोखरममा निःशुल्क स्वास्थ्य शिविर हुने

नविन यादव ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नेपाली सेना श्री बरख गणको आयोजनामा तथा श्री नं. २७ फिल्ड गुल्म र छिन्नमस्ता गाउँपालिकाको सहकार्यमा शनिबार पुस २६ गते बिहान ८ बजे देखी २ बजे सम्म लोखरममा स्वास्थ्य चौकी परिसरमा उक्त शिविर आयोजना हुनेछ।
शिविर सञ्चालनमा नेपाल रेडक्रस सोसाइटी, छिन्नमस्ता अस्पताल तथा सगरमाथा आँखा अस्पताललगायत विभिन्न संस्थाहरूको सहयोग रहने नेपाली सेनाले जनाएको छ। स्थानीय सर्वसाधारणलाई लक्षित गरी आयोजित शिविरमा विभिन्न स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिनेछ।
शिविरमा सामान्य ओपीडी सेवा, नाक–कान–घाँटी (ई.एन.टी.) सेवा, स्त्री तथा प्रसूति रोग सेवा, बाल रोग सेवा तथा निःशुल्क औषधि वितरण गरिने जनाइएको छ। स्थानीयवासीलाई समयमै उपस्थित भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button