प्रहरी प्रशासन

बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी: रुद्र बहादुर पराजुली

 

पब्लिक प्रेस ।

विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय राजारानी धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीलाई २०८२ साल बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ।

पराजुली नेतृत्वमा रहेको प्रहरी टोलीले बैशाख १५ गते चौबिसे गाउँपालिका-५ बोधे स्थितबाट ९४६ किलोग्राम गाँजा (३८ बोरा) सहित एक ट्रक तथा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाएको थियो। उच्च मनोबल, साहस र कर्तव्यनिष्ठताको प्रदर्शन गर्दै उनले विभागीय मूल्य-मान्यता अनुरूप उत्कृष्ट कार्य सम्पादन गरेको मूल्यांकन गर्दै उनलाई सम्मानित गरिएको हो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button