धर्म

सप्तरीको बिष्णु महायज्ञमा आगलागी, छ लाख बराबरको क्षति

पब्लिक प्रेस ।
सप्तरी जिल्लाको रुपनी गाउँपालिका-५ औद्योगिक क्षेत्रमा जारी बिष्णु महायज्ञमा आगलागी भएको छ। साेमबार साँझ करिब १८:०० बजे पूजा आजा तथा होम गर्ने क्रममा हवनका लागि बनाइएको छाप्रोमा अचानक आगलागी भएको हो।

आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा २० जना, स.प्र.ना.नि.को कमाण्डमा २५ जना, म.प्र.प्र.ता.के.को टोली तथा राजबिराज नगरपालिकाको दमकल सहितको संयुक्त टोली परिचालन गरिएको थियो। उक्त टोलीले करिब १८:२५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको छ।

आगलागीका कारण हवनका लागि बनाइएको महायज्ञ भवन पूर्ण रूपमा जलेको छ। साथै, चढाइएको भेटी नगद समेत गरी करिब रू.६,०००००(छ लाख) बराबरको क्षति भएको छ। सौभाग्यवश, घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन।

यस घटनाले महायज्ञमा सहभागी भक्तजनहरूलाई स्तब्ध बनाएको छ। आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। पब्लिक प्रेस क्रमी थापनले जनकारी दिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button