राजनीति

एक करोड ८ लाख घुसकाे आरोप: जनमत पार्टीका साह निलम्बित

 

पब्लिक प्रेस ।

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक कुमार साहले वीरगञ्ज महानगरपालिका र धरान उपमहानगरपालिकामा अधिकृत सरुवा गराउने नाममा एक करोड आठ लाख रुपैयाँ घुस लिएको खुलासा भएको छ।

स्रोतका अनुसार साहले पदको दुरुपयोग गर्दै जबरजस्ती सरुवा गराउने कार्यमा संलग्न रहँदै आएका थिए। पार्टीले पटक–पटक स्पष्टीकरण माग्दा पनि उनले कुनै जवाफ नदिएको भन्दै अन्ततः उनलाई निलम्बन गरिएको हो।

निलम्बनपछि साह पार्टी नेतृत्वमाथि आरोप लगाउने, सामाजिक सञ्जालमार्फत भ्रान्तिपूर्ण प्रचार गर्ने जस्ता गतिविधिमा संलग्न भएको जनाइएको छ। पार्टी भित्रको विश्वास तोडेपछि उनी पार्टी विभाजनको प्रयासमा समेत संलग्न भएको पार्टी स्रोतको दाबी छ।

स्थानीय जनसमुदाय र समर्थकहरूबीच साहको यो व्यवहारप्रति तीव्र आलोचना भएको छ। धेरैले उनलाई “पद गुमेपछि मानसिक सन्तुलन गुमाएको” भनेर टिप्पणी गर्न थालेका छन्।

जनमत पार्टीले यस विषयमा थप छानबिन गर्ने जनाएको छ भने, पार्टी अनुशासन उल्लंघन र भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाड्ने स्पष्ट संकेत दिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button