समाचार

राष्ट्रिय राजनीतिककाे मुलधार नै एमाले र काँग्रेस: नेता प्याकुरेल

पब्लिक प्रेस संवाददाता

कञ्चनरुप साउन १४ गते ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका पाेलिट ब्युराे सदस्य सुमनराज प्याकुरेलले वर्तमान अवस्थामा नेपालमा दुई धार देखिएकाे टिप्पणी गर्नुभयाे । साेमवार सप्तरीकाे कञ्चनरुप नगरपालिका वडा नम्वर ९ स्थित फुलवारी पाटी प्यालेसमा नगर कमिटीकाे भेलामा यस्ताे टिप्पणी गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे एउटाधार भनेकाे समाजवादी धार हाे जाे नेकपा एमालेभित्र समेटिएका छन् र अर्काे भनेकाे पूजिवादी धार जाे नेपाली काँग्रेससंग निकट छ ।

देशकाे यिनै मुलधार नै राष्ट्रिय राजनीतिककाे रुपमा स्थापित भएकाे नेता प्याकुरेलले ठहर ब्यक्त गर्नुभयाे । पार्टी शिद्धान्तमा चल्ने भएकाेले पार्टी कहिले गलत हुदैन गलत त हामी नेता तथा कार्यकर्ता हुनसक्छाै प्रशिक्षणात्मक रुपमा उहाँले भन्नुभयाे, हामीले आफ्नो जिम्मेवारी र दायित्वलाइ बुझेर कर्तव्य पूरा गर्न नसक्ने अनि पार्टीलाई दाेष दिने । यस्ता आचरणकाे अन्त्य गरेर सुध्रिन उहाँले सुझाव समेत दिनुभयाे ।

स्थानिय स्तरमा पार्टीले सुरुवात गरेकाे तीन मुख्य बिकास कार्यकाे विवरण उहाँले प्रस्तुत गर्नुभयाे । उहाँकाे अनुसार कञ्चनरुपकाे १२ नम्वर वडामा पर्ने सुन्दरी खाेला धारापानी पिकनिक स्पाेर्टस, रुपनगर सिवाई उदयपुर जाेड्ने सडक र वडा नम्वर ९ मा मदन भण्डारी खेल रंगशालाकाे कामलाई सुरुवात गरेर एमालेले एतिहासिक काम गरेकाे छ । मदन भण्डारी खेलग्राम ( रंगशाला) काे काम ५ बर्ष अगाडि नै हुने थियाे तर यसमा स्थानिय सरकार एवं नेता तथा कार्यकर्ताकाे हेलचक्रयाईले समयमै हुन सकेन अब हुन्छ उहाँले जानकारी गराउनु भयाे ।

आयोजित समारोहमा प्रदेश सदस्यद्वय माे. कलिम सेख, कल्पना चाैधरीले बिचार ब्यक्त गरेका थिए । यसैगरी जिल्ला सचिव देवनाथ यादवले पार्टी सदस्य विवरणसंगै यसकाे प्रकृया र अवस्थावारे जानकारी गराउनु भयाे । यस्तै नगर वडा स्तरका नेता तथा कार्यकर्ताहरुले आआफ्ना बिचार ब्यक्त गरेका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button