राजनीतिसमाचार

सप्तरीमा राष्ट्रिय एकता दलको संगठन विस्तार, तीन हिन्दु अभियन्ता पार्टीमा आबद्ध

पब्लिक प्रेस ।

सप्तरी। राष्ट्रिय एकता दलले अघि सारेको वैचारिक उद्देश्य र राजनीतिक एजेन्डाप्रति सहमति जनाउँदै सप्तरी जिल्लाका तीन जना हिन्दु अभियन्ताहरूले पार्टीको साधारण सदस्यता ग्रहण गरेका छन्।

राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादवको हातबाट सप्तरीका तीन जना अभियन्ताहरूले पार्टीको सदस्यता ग्रहण गरेका हुन्। सदस्यता लिनेहरूमा विष्णुपुर गाउँपालिका–६ निवासी डा. सन्तोष कुमार चमन यादव, राजविराज नगरपालिका–११, झल्ही निवासी इन्द्रदेव कुमार यादव तथा राजविराज नगरपालिका–१३ निवासी सचेन्द्र प्रसाद यादव रहेका छन्।

पार्टीले अघि सारेको उद्देश्य, सिद्धान्त र विचारप्रति सहमति जनाउँदै सदस्यता ग्रहण गरेका उनीहरूले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभित्र हिन्दु राष्ट्र नेपालको निर्माणसम्बन्धी पार्टीको एजेन्डालाई अगाडि बढाउन सप्तरी जिल्लाको राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय एकता दलले “एकात्म मानववाद, सांस्कृतिक राष्ट्रवाद” भन्ने मूल नारालाई आत्मसात् गर्दै आफ्नो राजनीतिक विचार र उद्देश्यलाई अघि बढाउँदै आएको छ। सोही वैचारिक धारासँग सहमत अभियन्ताहरूको पार्टी प्रवेशले सप्तरीमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई थप सक्रिय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

नवप्रवेशी सदस्यहरूको आबद्धताले जिल्लामा पार्टीको संगठनात्मक आधार सुदृढ गर्न, आफ्नो राजनीतिक एजेन्डाबारे जनस्तरमा संवाद विस्तार गर्न तथा आगामी दिनमा राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
हेडलाईन

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button