समाज

सप्तरीमा हुण्डी कारोबारका अभियुक्त पक्राउ, कानूनी प्रक्रिया अघि बढ्दै

 

नविन निर्भय यादव |

सप्तरी जिल्लामा हुण्डी कारोबार मुद्दाका प्रतिबादी सम्भु मेहता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले ११ गते बिहान हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रामपुर मल्हनिया गाउँबाट २२ वर्षीय सम्भु मेहतालाई नियन्त्रणमा लिएको पब्लिक प्रेस क्रमीले बताए ।

प्रहरी निरीक्षक राम आधार यादवको नेतृत्वमा रहेको दुई सदस्यीय टोलीले प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ। मेहतालाई हुण्डी कारोबार मुद्दामा संलग्नता रहेको आरोपमा पक्राउ गरिएको हो।

प्रहरीले यस घटनाले आर्थिक अपराध नियन्त्रणमा महत्वपूर्ण कदम चालेको बताउँदै दोषीलाई कानूनी प्रक्रिया अन्तर्गत कारबाहीको सामना गराउन प्रतिबद्धता व्यक्त गरेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button