समाज

नेपाल फोटो ग्राफर्स एसोसिएसन कैलालीका भुलप्रति सप्तरीमा शाेक बक्व्य

पब्लिक प्रेस संवाददाता
राजबिराज ।

सप्तरी फाटोग्राफर परिवार संघ, सप्तरीमा अध्यक्ष रमेश कुमार राउतले खेद व्यक्त गरेका छन् ।

नेपाल फोटो ग्राफर्स एसोसिएसन कैलालीका सदस्य एवम् गौर गंगा नगरपालिका वडा नं. ११ स्थित कल्पना डिजिटल स्टूडियोका संचालक सुरेश भूललाई कुटपिट गरि हत्या गरेकाे घटनाप्रति खेद ब्यक्त गरेका हुन् ।

अध्यक्ष राउतद्वारा साेमबार जारी गरेकाे शाेक बकव्यमा मार्फत उक्त अपराधिक घटनामा संलग्न व्यक्तीहरुलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाहीको जोडदार माँग गरेका छन् ।

साथै उनले मृतक भूलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button