राजनीति

प्रेस मञ्च नेपालका सप्तरी उपाध्यक्ष यादव जनमत प्रेस संघमा प्रवेश, सप्तरी संयोजकको जिम्मेवारी प्राप्त

पब्लिक प्रेस ।
जनता समाजवादी पार्टी (जसपा) निकट प्रेस मञ्च नेपालका सप्तरी उपाध्यक्ष रूपेश कुमार यादव जनमत प्रेस संघमा प्रवेश गरेका छन्।

बुधबार बिहान आयोजित औपचारिक कार्यक्रममा यादवलाई संघका केन्द्रीय अध्यक्ष अवधेश झा र सह–अध्यक्ष रामनारायण विश्वासले स्वागत गरेका थिए। समारोहमा यादवलाई परम्परागत गम्छा र टीका लगाएर सम्मानपूर्वक स्वागत गरिएको थियो।

संघमा प्रवेशसँगै यादवलाई सप्तरी संयोजकको जिम्मेवारी प्रदान गरिएको अध्यक्ष झाले जानकारी दिए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button