समाचार

सप्तकोसीमा वडा अध्यक्षकप फुटबल प्रतियोगिता शुरु उद्घाटन खेलमा वडा न १र २ बिजयी

खगेन्द्र कार्की,सप्तकोसी /

सप्तरीको सप्तकोसी नगरपालिकाका वडा न २ मा प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि शुरु भएको छ।

नगर खेलकुद बिकास समिति सप्तकोसी नगरपालिका द्वारा आयोजित प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगितामा सप्तकोसी नगरपालिकाका ८ वटा वडाहरुले सहभागिता जनाएका छ्न।

नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खड्काको अध्यक्षता मा आयोजित प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल र वडा न २ का वडा अध्यक्ष जाहिर हुसेनले संयुक्तरुपमा गरेका छ्न।

प्रतियोगिताको उद्घाटन वडा न २ र वडा न १० बिच भएको खेलमा निर्धारित समयमा १/१ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइवेकरमा गरिएको थियो ट्राइवेकरमा वडा न १० लाइ ३-१ गोल अन्तरले हराउदै वडा न २ सेमिफाइनल प्रबेश गरेको छ। भने दोस्रो खेल वडा न १ र वडा न ६ बिच भएको खेलमा वडा न ६ लाइ ३-० गोलअन्तरले हराउदै वडा न १ फत्तेपुर सेमिफाइनल प्रवेश गरेको आयोजकले जनाएको छ।

प्रतियोगिता को बिजेता उपबिजेता टिमलाइ क्रमशः नगद रु ३० हजार २० हजार ट्रफि मेडल र प्रमाणपत्र बितरण गरिने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button