रूपनी गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय रोशनकुमार यादवको कतारमा वैदेशिक रोजगारीका क्रममा निधन भएको छ। वैदेशिक रोजगारीका लागि २० दिनअघि कतार गएका यादवको चैत ६ गते रोजगारकै क्रममा निधन भएको हो, जसको जानकारी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले दिनुभएको छ।
उनको पार्थिव शरीर बुधबार बिहान नेपालमा पुगेर गाउँमा अन्त्येष्टि गरिएको छ। आर्थिक कठिनाइका कारण परिवारको खर्च जुटाउन दुई हप्तामै वैदेशिक रोजगारीमा जाँदा उनको अकाल निधनले वडा नम्बर ४ को सम्पूर्ण स्थानीय शोकमा डुबेका छन् भनी वडाध्यक्ष छेदी इसरले बताउनुभएको छ। यादवका एक तीन वर्षीया छोरी र श्रीमती छन्।
अप्रवासी स्रोत केन्द्र सप्तरीका कार्यक्रम संयोजक राजेन्द्र यादवका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा यो क्षेत्रबाट वैदेशिक रोजगारीमा गएका २० जनाको निधन भएको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।