समाज

सप्तरीमा कुहेको गोपी बदाम जुस फेला

राजविराज , साउन २१ गते ।

सुर्यदेव डेरी उधोग प्रा.लि. अर्जुनधारा ५ झापाले उत्पादन गरेका गोपी बदाम मिल्क ड्रिकमा रहेको बदाम जुस पेय पदार्थ कुहेको अवस्थामा उपभोक्ताले सोमवार फेला परेको छ

यो धटना सप्तरीको महादेवा गाउँपालिका १ मिलन चौक स्थित रहेको सोनी टे्रडर्स पसलमा सुर्यदेव डेरी उधोग प्रा.लि. अर्जुनधारा ५ झापाले उत्पादन गरेको गोपी बदाम मिल्क जुस कुहेको अवस्थामा उपभोक्ताबाट फेला पारेको हो ।

स्थानिय ग्राहक रामदेव सदा(काल्पनिक नाम)ले सुर्यदेव डेरी उधोग प्रा.लि. अर्जुनधारा ५ झापाले उत्पादन गरेका गोपी बदाम जुस किनेर बटा खोल्दा कुहेको जुस फेला परेको थिए । उक्त बदाम जुसको उत्पादन मिति १ तारिख मार्च २०२४ ,बैच न.ं जीपीबीडीओ ७२ ,वजन १८० मि.ली. रहेको छ ।

उक्त कम्पनीले उपभोत्ताको जीवनसंग खेलवाड गरी बदाम जुस उत्पादन गर्ने कम्पनीलाई कानुनी कायृवाही गर्नू पर्ने अधिवक्ता पुण्य प्रसाद यादव बताउनुहुन्छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button