नेपाली श्रमिकको सिपविकासका लागि कतारका मन्त्रीसङ्ग आग्रह
कृष्णानन्द भट्ट
काठमाडौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले कतारका श्रममन्त्री अलिसमिक अल मारीसङ्ग द्धिपक्षीय भेटवार्ता गरेका छन्। जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने क्रममा मंगलबार कतारका समकक्षी बीच भेटभएको हो। सो भेटमा नेपाल र कतार बीचको श्रम सम्बन्धमा कुरा गर्दै श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरेका छन्। “हामी अहिले नेपाली श्रमिकको सीप विकासमा केन्द्रित छौ। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सीप सिकाएर पठाउन चाहन्छौ र श्रमिकले राम्रो पारिश्रमिक र सुरक्षित कार्यस्थलमा काम गर्ने अवसर पाउन सकुन्,” मन्त्री अर्यालले भने।
नेपाल र कतार बीचको श्रम सम्झौताका लागि दुवै मुलुकका प्राविधिक समूह बीच समन्वय गराउनु पर्नेमा पनि जोड दिएका छन्।
छलफलमा कतारका श्रममन्त्री अलि समिक अल मारीले नेपाली समुदायको प्रसंसा गर्दे नेपाली श्रमिकले कतारमा निर्माणको क्षेत्रको अलावा सेवा, यातायात, सन्चार र स्वास्थ्य क्षेत्रमा पनि केन्द्रित हुन आग्रह गरेका छन्। कतार आप्रवासी श्रमिकका लागि बिमा, पारिश्रमिक र श्रमिक अधिकारलाई सुनिश्चित गरेको बताएका छन्। यसैगरी कतार र नेपाल श्रमिक बीचको श्रम सम्झौतामा चासो व्यक्त गरेका छन्।
0 1 minute read










