प्रहरी प्रशासन

“सप्तरी कारागारबाट थुनुवा भागे, सुरक्षा व्यवस्थामा कमजोरी”

नविन निर्भय |

जिल्ला कारागार कार्यालय राजविराज सप्तरीबाट चोरी मुद्दामा थुनामा रहेका थुनुवा रमानन्द मण्डल फरार भएका छन्। मण्डल, मिति २०८१।०९।०६ देखि पुरपक्षको लागि थुनामा थिए,गए राति अज्ञात समयमा भागेका हुन्।

कारागार प्रशासनले बिहान ०६:३५ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीलाई घटनाको जानकारी गराएको थियो। हाल, प्रहरी र कारागार प्रशासनले घटनाको अनुसन्धान गरिरहेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार, थुनुवा कसरी भागे भन्ने विषयमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूसँग सोधपुछ भइरहेको छ।

यस घटनाले कारागार सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। थप विवरण आउन बाँकी छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button