सप्तरीको तिलाठा कोईलाडी गाउँपालिका-७सडेपार स्थित हरिहर हरि नारायण प्राथमिक विद्यालयका प्राध्यापक अरूण कुमार यादवलाई तत्काल विद्यालयबाट निलम्बन गरि करबाहीको माग गरेको छ ।
उनी नक्कली नोट छपाई मेसिनबाट पैसा डबल गरिदिने ठगी गिरोहमा संलग्न रहेकोमा तत्काल विद्यालयबाट निलम्बन गरि कानुनी कारबाहीको माग गरेको हो ।
सोमबार ठगी संघर्ष समिती सप्तरीद्वारा प्रेस बिज्ञाप्ती जारी गर्दै सप्तरी, सुनसरी, सिरहा र मोरङ्ग लगायत जिल्लाहरूमा आम जनताको पैसा लिई नोट छाप्ने मेशिनबाट रकम डबल गरिदिने ठगी गिरोहले विगत डेढ दशकदेखि राजनैतिक संरक्षण र प्रहरी प्रशासनकै मिलेमतोमा चलाई रहेको संगठित्त अपराधको विषयमा हाम्राे ध्यानाकर्षण भएकाे उल्लेख छ ।
सो गिरोहका नायकेहरू मध्ये वैद्यनाथ यादव, प्राध्यापक अरुण यादव र रामहादुर भन्ने हनुमानी रजकविरुद्ध १८ भन्दा बढी जाहेरी परेको प्रहरी प्रवक्ता बस्नेतले जनाउँदै आएपनि उनिहरु मध्ये प्रअ अरूण यादवलाई अझै प्रहरीले खाेजखबर नगरेकाे प्रति हाम्राे आपत्ती रहेको जारी बिज्ञाप्तीमा उल्लेख रहेको छ ।
तिनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता रहेको जिल्ला प्रहरी कार्यालयबाट उल्लेख भए अनुसारकाे उनिहरूलाई कानुनी कारवाहीकाे प्रक्रिया नचलाईएकाेमा हाम्राे घाेर आपत्ती भएको छ । अहिलेसम्म यो समूहले सय भन्दा बढी जनताबाट करोडो रुपैयाँ ठगी गरेको विवरण सार्वजनिक भएको छ ।
अपराधिक गिराेहमाथी जन दवाब बढे पछि वैद्यनाथ यादव, रामबहादुर भन्ने हनुमानी रजक र समिना खातुन पक्राउ परेका तापनी प्रअ यादब अझै फरार अवस्थामै रहेको छ ।
ठगी घटना संलग्न प्रअ यादव फरार रहेको समयमा गत माघ १८ गते कुन प्रक्रियाबाट पालिकामा निवेदन पेस गरे ? र कसले निवेदन पेस गरे ? रूपैयाँ ठगी धन्दा गिराेहमा मुछिएका प्रअ यादवलाई कामकाजमा बाधा पारेर कहाँ छन् साेकाे जानकारी हामीलाई उपलब्ध गराउन माँग गर्दछाै, जारी बिज्ञाप्तीमा उल्लेख रहेको छ ।
एउटा कर्मचारीले सरकारी कागजलाई समेत गलत दुरुपयोग गरेर फरार भएपनि पालिकाले कार्यालयमा हाजिर छ छैन भनेर खाेजी नगर्नु पालिकाकाे लापारवाही रहेकाे हाम्राे ठम्याइ छ ।
पालिकाका शिक्षा संयाेजक चन्द्र भुषण रायले गिराेहलाई संरक्षण दिन खाेजेकाे समेत बुझिएकाेले त्यस उपर घाेर भर्सना गर्दछाै, याे विज्ञप्ति मार्फत हामी पिडित पक्षले सम्बन्धि निकायलाई जनकारी गराउँदै, अभिलम्ब फरार प्रअलाई विद्यालयबाट निलम्बन गरि कानुनी कारवाही अगाडि बढाउन माँग गर्दछाै र यदि हाम्राे माँगलाई पालिकाले वेवास्ता गरिएना अथवा अटेर गरिएकाे खण्डमा शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत गराउँदछौ, उक्त संघर्ष समितिद्वारा पालिका सहायक प्रसाशन प्रमुख राजु कुमार झालाई बुझाईएको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।