प्रहरी प्रशासनसमाज

बिरामीकाे बहानामा फरार छन प्रअ यादव

पब्लिक प्रेस संवाददाता
राजबिराज माघ २९ ।

सप्तरीकाे तिलाठी काेइलाडी गाउपालिका ७ सडेपार स्थित हरिहर हरि नारायण प्राथमिक बिधालयका प्राधानाध्यापक अरूण कुमार यादवले झुठ्ठा निवेदन पेश गरेर बिधालय छाडेका छन् । उनले गाउपालिकामा यहि माघ १८ गते जानकारी गराएकाे पत्रकाे ब्यहाेरानुसार कावुभन्दा बाहिर एकाएक बिरामी भएकाेले उपचारका लागि बिराटनरसिंह हाेम जानुपर्ने भन्ने उल्लेख छ ।

यसरी उपचारका लागि बिराटनगर जाने उल्लेख गरेतापनि उनी उपचारका लागि बिदा नलिएकाे बिधालय स्राेतकाे भनाई छ ।

अहिले बिधालयमा निमित्त प्रधानाध्यापककाे रूपमा जमुना कुमारी ठाकुरले बिधालयका कार्यभार सम्हाल्दै आएकी छन् ।

उनले बिरामी चेकजाँच गर्न जाने भनेर पालिकामा पत्र छाडेर फरार भएकाे प्रहरीकाे रिपाेर्टबाट बुझिएकाे छ ।
रूपैयाँ ठगी धन्दा गिराेहमा मुछिएका प्रअ. यादवलाई यहि माघ ४ गते जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी थमाएकाे सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएकाे छ ।

प्रहरीकाे अनुसार उनी माघ ४ गतेबाटै फरारसूचीमा छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button