समाज

नोट छाप्ने ठगी गिरोह पिडित संघर्ष समितिले साँसद राउतलाई पनि ज्ञापन -पत्र

पब्लिक प्रेस संवाददाता
राजबिराज माघ १५ गते ।

सप्तरीबाट काठमाण्डाै पुगेका नोट छाप्ने ठगी गिरोह पिडित संघर्ष समितिले माननीय साँसद डा. सिके राउतलाई ज्ञापन- पत्र बुझाएका छन् । सप्तरीमा बिगत लामाे समयदेखी नाेट छाप्ने ठगी गिराेहले दर्जनाै ब्यक्तिहरूबाट कराेडाै रकम ठगी गरेर पिडितहरूलाई उल्टै धम्क्याउदै कुटपिट लगायत विभिन्न ज्यादति गर्दै आएको जानकारी गराउँदै जिल्लाकै निर्वाचन क्षेत्र नम्बर २ बाट २०७९ काे निर्वाचनमा प्रतिनिधिसभामा निर्वाचित भएका साँसद राउतलाई मंगलबार उनकै निवासमा पुगेर ज्ञापन- पत्र बुझाएकाे हाे ।

नोट छाप्ने ठगी गिरोह पिडित संघर्ष समिति सप्तरीले बुझाएकाे ज्ञापन- पत्रमा सप्तरीका सो गिरोहका नायिकेहरू हनुमानी भनिने राम बहादुर रजक, बैधनाथ यादव लगायतका समूहले दर्जनाै जनताबाट करोडाै रुपैयाँ ठगी गरेको उल्लेख छ ।

१३ वटाभन्दा बढी तिनीहरूमाथि ठगी तथा अपराधिक विश्वासघातको मुद्धा दर्ता भइसकेकाे जिप्रका सप्तरीका डिएसपी प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतकाे भनाइलाई काेण गर्दै ज्ञापन- पत्रमा भनिएकाे छ अहिलेसम्म यो समूहका अपराधिहरूलाई खाेजतलास गरि पक्रन प्रहरीकाे सक्रियता देखिएन ।
उजुरी परेपछि जनदवावका कारण प्रहरीले रजकलाई पक्राउ गरे, त्यसकाे केहि दिनपछि यहि माघ ५ गते बिहान यादवलाई पनि प्रहरीले पक्राउ गर्याे तर जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाको मिलेमतोमा अभियुक्त वैद्यनाथ यादवलाई १० घण्टा नवित्दै स्वास्थ्यको कारण देखाई त्यसैदिन साँझ छाडिदियाे।
उपचार गर्ने बहानामा आफन्तको जिम्मा लगाएका अभियुक्त यादवलाई उता भर्ना हुनुपर्ने कुनै थप कारण नरहेको अस्पतालले भन्दै आएपनि प्रहरीले पक्राउ गरिएको छैन ज्ञापन- पत्रमा अभियुक्त खुलेआम पीडितहरुलाई धम्काउँदै हिडिरहेकाे खुलाएकाे छ ।

उल्टै गिरोहका मान्छेहरूले प्रहरीकै संरक्षणमा उजुरीकर्ताहरूलाई कोठाभित्र थुनेर कुटपीट गर्ने र प्रहरीले पनि ऊजुरीकर्तालाई नै उल्टा धम्काउने, हिरासतमा राख्छु भन्दै डर देखाउने, पिडितहरूले उजुरी दिन आउँदा उजुरी नलिने तथा अभियुक्तको नाम काटेर ल्याउन प्रहरीकाे दवाव रहेकाे ज्ञापन- पत्रमा उल्लेख गरेकाे छ । माघ १३ गते हामी केहि पिडित उजुरीकर्ताहरू अभियुक्तहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनपनि गरेका थियौ, तर हाम्राे माँगकाे त्यहा कुनै सुनुवाई गरेन । तसर्थ जिल्लाबाट हाम्राे माँग सम्वाेधन नभएपछि माननिय मन्त्रीज्यूबाट न्याय पाउनका लागि यहाँ आएर यो ज्ञापन-पत्र पेश गरेकाे ज्ञापन- पत्रमा उल्लेख गर्दै भनेमा छन् हामीले न्याय नपाए हजारौको संख्यामा सडक प्रदर्शन गर्न वाध्य हुने छाै ।

ज्ञापन -पत्र बुझ्दै माननीय साँसद राउतले अपराधिक गतिविधिमा संलग्नलाई कानुन बमाेजिम कारवाही गराउने र पिडितहरूलाई उचित न्याय दिलाउँने प्रतिवद्धता जनाएका छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button