समाज

सप्तरी भूमी समस्या समाधान आयोगको अध्यक्षमा झा

पब्लिक प्रेस संवादाता
राजबिराज

सप्तरी जिल्लामा भूमी समस्या समाधान आयोगको अध्यक्षमा अखिलेश कुमार झालाई नियुक्त गरेकाे छ ।

झालाई भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम अध्यक्ष पदमा यहि माघ ४ गते माननीय मन्त्री परिषदकाे निर्णयले नियुक्त गरिएकाे हाे ।

उनलाई नियुक्त गरेकाे निर्णय सहित
भूमि समस्या समाधान आयोग, ताहाचल, काठमाडौं र भूमि समस्या समाधान आयोग, जिल्ला समिति, सप्तरीमा बाेधार्थ गरि अध्यक्ष पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई दिदै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोवासीको समस्या समाधानमा सक्रिय योगदानको अपेक्षा गरेकाे उल्लेख गरिएकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button