समाज

सप्तरीमा गरिब तथा दलित समुदायलाई लक्षित ब्युटि पार्लर तालिम सम्पन्न

घुरन यादव ।

सप्तरी जिल्ला अन्तर्गत बलान बिहुल गाउँपालिका–१ मा अवस्थित एक ब्युटि पार्लरमा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित ब्युटि पार्लर तालिम अषाढ १५ गतेदेखि सुरु भई अषाढ २४ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको उद्देश्य गरिब, दलित तथा विपन्न समुदायका महिलालाई सशक्त पार्दै स्वरोजगारतर्फ प्रेरित गर्नु रहेको आयोजकहरूले बताएका छन्।

यस तालिम कार्यक्रमले २० जना सहभागी महिलाहरूलाई ब्युटि पार्लर संचालन सम्बन्धी दक्षता विकास गराएको छ। सहभागीहरूलाई मेकअप, फेशियल, हेयर स्टाइलिङ, नेल आर्ट लगायतका सीपहरू प्रदान गरिएका थिए। तालिमले उनीहरूलाई ब्यवसायिक जगमा प्रवेश गराउने विश्वास आयोजकले लिएका छन्।

कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि गाउँपालिका कार्यपालिका सदस्य सञ्जीव शर्मा रहेका थिए। उनले महिलाको सशक्तीकरणका लागि यस्ता तालिमहरू निकै आवश्यक रहेको बताए। कार्यक्रममा विशिष्ट अतिथि लघु उद्यम विकास कार्यक्रमका कर्मचारी मण्टु यादव, स्थानीय पत्रकारहरू, बुद्धिजीवी तथा अन्य सम्मानित व्यक्तिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

गाउँपालिकाले यस्तो किसिमको तालिमले समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तरता दिइने प्रतिवद्धता जनाएको छ। सहभागीहरूको अनुभव अनुसार यो तालिमले उनीहरूको आत्मविश्वासमा वृद्धि गरिदिएको छ र भविष्यमा आफ्नै ब्युटि पार्लर खोल्ने योजना समेत बनाएका छन्।

यस कार्यक्रमले महिलाहरूलाई केवल ब्युटी सम्बन्धी सीप मात्र हैन, आर्थिक स्वतन्त्रता र आत्मनिर्भर बन्ने बाटो पनि देखाएको छ। सामुदायिक विकासमा यस्तो कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विश्वास स्थानीयले राखेका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button