समाज

बलात्कारी अभियाेगि थुनामा

राजविराज |
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका २३ वर्षीय रमेशकुमार यादव र सोही उमेरका विकास यादव असार ३१ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेका छन् । आरोपितहरुले २०८१ जेठ १४ गते बलात्कार गरेको भन्दै पीडितका २२ वर्षीय दाजुले जिल्ला प्रहरी कार्यालयमा जेठ २१ गते उजुरी दिएका थिए । गाउँलेको छोरीको विवाहबाट फर्किरहेको बेला घर पु¥याई दिन्छु भनी तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका २३ वर्षीय विकास यादवको सहयोगमा आरोपितले जबरजस्ती मोटरसाइकलमा बसाई खाँडो खोला किनारको खेतमा लगी बलात्कार गरेर जेठ १५ गते विहान घर नजिक ल्याएर छाडेको पीडितले बताइन् । पीडितका अनुसार आरोपितले पुनः जेठ २० गते बेलका सँगै नहिडे भिडिओ भाइरल बनाइ दिने भनी धम्क्याए । जिल्ला प्रहरी कार्यालयमा जेठ २२ गते उजुरी दर्ता भयो । आरोपित रमेश असार ७ गते गिरफ्तार भए । अर्का आरोपित विकास विरुद्ध असार २४ गते पक्राउ पुर्जी जारी भयो । आरोपित विकास असार २७ गते गिरफ्तार भए । जिल्ला अदालतमा असार ३० गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश मणिराम न्यौपानेको इजलाशले असार ३१ गतेदेखि आरोपितहरु पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।
स्रोत : इन्सेक सप्तरी

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button