सप्तरी बैशाख १८ गते ।
सप्तरीको महादेवा गाउँपालिका १ चिमटी गाउँमा मंगलबार भिषण आगलागी भएको छ । दिउँसो एक्कासी भएको आगलागीमा परी सयौ घर जलेर नष्ट भएको हो ।
गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा आगलागीमा २ सय घरमा जलेर नष्ट भएको हो । तिब्र गतिमा हुरी आएको समयमा आगलागी हुँदा ठूलो क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।
वडाध्यक्ष जयश्वर किशोर दासका अनुसार शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले गाउँ नै स्वाहा भएको छ । उहाँले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका २ सय जति घर नस्ट हुदाँ करौडो बरावरको षेती भएको प्रारम्भिक जानकारी दिनु भयो ।
आगोलाई नियन्त्रणमा लिने प्रयास भैरहेको छ । राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिानी नगरपालिकाबाट आएको बारूण यन्त्रका साथै प्रहरी र स्थानीय आगो निभाउने काममा जुटेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
0 1 minute read










