समाज

तिलाठी र कोईलाडी गाउँ पालिकाद्वारा पुर्ण खोपको प्रतिबद्धता

सम्बाददाता
सप्तरी। तिलाठी र काेईलाडी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष अरूण कुमार मंडलकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति शिवनारायण शाहको प्रमुख
आतिथ्यमा आयोजना गरेको पुर्ण खोप तथा दिगोपनको निम्ति गाउँ पालिकाले एक समारोह वीच ठोस प्रतिबद्धता घोषणा गरेको छ।
`स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता´ नाराको साथ पूर्ण खोपको दिगोपन घोषणा गरेको पालिका अध्यक्ष अरूण कुमार मंडलले बताएका छन्।
पालिका अधिकृत सराेज कुमार कर्ण, स्वास्थ्य कार्याालय सप्तरीका खोप सुपरभाईजर हिरेन्द्र प्रसाद साह, स्वास्थय संयाेजक शैलेस झा, वडा अध्यक्ष राेशन सिह, रमेश मुखिया, हरिनारायण मंडल, सत्यनारायण यादव खोपको उपादयताबारे मन्तव्य ब्यक्त गर्नु भएको थियाे।
स्वास्थ्य कार्याालय सप्तरीका खोप सुपरभाईजर हिरेन्द्र साहले प्रत्येक आर्थिक वर्षमा यसको निरन्तरता दिनुको साथै पूर्ण खोप तथा दिगोपन घोषणा गर्दै आएको बताएका छन्। उनले
´पूर्ण खोप जिल्ला २०७४ सालमा घोषणा भएतापनि यसको निरन्तरता हुदै आएको बताए। राजेश झाले सञ्चालन गरेकाे सो कार्यक्रममा गाउँ पालिकाले निरन्तरता आएको कार्यको फलस्वरूप गाउँ पालिका अध्यक्ष अरूण कुमार मंडललाई प्रमुख अतिथि साहले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियोे। गाउँपालिकाले वडा नम्बर १ देखि वडा नम्बर ८ सम्म प्रत्येक स्वास्थ्य केन्द्रलाई पालिका अध्यक्ष मण्डलले सम्मान-पत्र प्रदान गर्नु भएको थियोे।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button