समाचार

नव निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई पदस्थापन र पुरानालाई स- सम्मान बिदाई

पब्लिक प्रेस संवाददाता
राजबिराज पुस १७ गते ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीले नव निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई पदस्थापन, सम्मान तथा बिदाई कार्यक्रम गरेकाे छ ।
शाखाकाे सभाहलमा बुधबार आयोजित कार्यक्रममा मङ्सीर २८ गते सम्पन्न २७ औ निर्वाचनबाट निर्वाचित भएका पदाधिकारी एवं सदस्यहरूलाई दाेसल्ला ओढाइ प्रमाण- पत्र हस्तान्तरण गराउँदै पदस्थापन गरिएकाे छ । साथै नि: वर्तमान पदाधिकारी एवं सदस्यहरूलाई दाेसल्ला सहित प्रशंसा पत्र प्रदान गराउँदै सम्मान साथ बिदाई गरिएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले नव निर्वाचितहरूलाई पदस्थापन गराएकाे थियाे भने शाखाका अध्यक्ष श्रवण कुमार देवले नि: वर्तमान कार्यसमितिलाई सम्मान गरेकाे थियाे ।
अध्यक्ष श्रवण कुमार देवकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री सिंहले पत्रकारहरूका बृत्ती बिकासका लागि आफु गम्भीर रहेकाे बताउनु भयाे ।
भर्खरै मधेश प्रदेशका पत्रकारहरूलाई १ लाखकाे स्वास्थ्य बिमा र ७ लाखकाे दुर्घटना बिमा लागु गरेकाे खुलाउनु भयाे । यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेशकाे कार्यालय भवन निर्माणका लागि रू. ८० लाख पारित गरेकाे जनाउनु भयाे । उहाँले पत्रकारहरूकाे अनुराेधलाई आत्मसात गर्दै पत्रकारहरूकाे हीत अनुकुल अक्षयकाेषकाे समेत ब्यवस्था मिलाउने प्रतिवद्धता जनाउनु भयाे । पत्रकारहरूले जहिलेपनि नकरात्मक साेचबाट प्रेस्तुत नभई सकरात्मक बिचार, भावना राखेर समाचार सम्प्रेशन गरिदिन उहाँले आग्रह गर्नुभयो । अहिले मधेश प्रदेश सरकारले एक सय एक काम गरेकाे छ, जहाँ राम्राे काम भईरहेका छन् र हुँदै छन् त्यता तर्फपनि तपाइहरूकाे ध्यान जान जरूरी छ उहाँले भन्नुभयाे, प्रदेश सरकारले निश्पक्ष ढंगबाट काम गर्ने छ म बिश्वास दिलाउछु ।
अहिले ६४ वटा निर्वाचन क्षेत्रमा कालाे पत्रेका लागि रकम बिनियाेजन भइसकेकाे उहाँले भन्नुभयाे, सम्बन्धित क्षेत्रले ताेकेकाे बाटाे, सडकमा ५ किलाे मिटर कालाे पत्रे बन्ने छ ।
यसैगरी माननीय माला कर्णले पत्रकारहरूकाे पीडा कथामा आफुपनि भुक्तमान रहेको बताउदै भन्नुभयो अरु जिल्लाका तुलानामा सप्तरीका पत्रकारहरुको अवस्था नाजुक छ । यसर्थ पनि आफु मधेश प्रदेशका साँसदकाे हैसियतले पत्रकारहरू र मेडियाका लागि आवाज उठाउने गरेको छु उहाँले भन्नुभयो चाहे लोक कल्याणकारी बिज्ञापन हाेस् वा अन्य सुविधा, मैले सरकारलाई घच्घचाउने काम गरिरहेकाे छु ।

शाखा सप्तरीका अध्यक्ष देवले भने मेराे पहिलाे कार्यकालमा भवन निर्माण र कार्यालयका केही काम मै बित्याे अबकाे याे दाेस्राे कार्यकालमा भने पत्रकारहरूका बृत्ति बिकास र उत्पादनमा लाग्ने बताउनु भयाे । नेपाल पत्रकार महासंघ बिशुद्ध पत्रकारिताकाे हक, अधिकारका लागि साेच्ने साझा संगठन भएकाे हुँदा सहि सत्य र निश्पक्ष रुपमा कलम चलाउनेलाई मात्र महासंघकाे साथ सहयाेग रहने अध्यक्ष देवले प्रष्ट्याउनु भयाे । साे कार्यक्रममा शाखा सप्तरीका पूर्व अध्यक्ष बिष्णु मण्डल, बैधनाथ झा, मुरली यादव, ब्यासशंकर उपाध्याय, धिरेन्द्र कुमार साहले शुभकामना मन्तव्य दिएका थिए ।
शुभकामना मन्तव्य दिनेक्रममा शाखाका सल्लाहकार बैधनाथ यादव, महासंघ केन्द्रीय सदस्यद्वय ललिता साह, राजु बिश्वकर्मा, प्रदेश महासंघ उपाध्यक्ष अम्बिका दाहाल, प्रेस चाैतारी नेपाल सप्तरी शाखाका अध्यक्ष डम्बर राई, प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयलाल कर्ण, प्रेस मञ्चका जिल्ला अध्यक्ष भूषण सिंह, प्रेस सेन्टरका जिल्ला अध्यक्ष दिनानाथ यादव र समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिल पाेखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । आयोजित समारोहमा राजनैतिक दल प्रतिनिधि, विभिन्न संगठन, सुरक्षा निकायका प्रमुखहरू, सप्तरीका पत्रकारहरू लगायतका ब्यक्तित्वकाे सहभागिता रहेकाे थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button