समाज

बृक्षारोपण गरि मनायो राष्ट्रिय वृक्षारोपण दिवस

खगेन्द्र कार्की,सप्तकोसी /

सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समुहले बृक्षारोपण गरि मनायो राष्ट्रिय वृक्षारोपण दिवस ।
राष्ट्रिय बृक्षारोपण दिवस २०८१ सप्ताहको पहिलो दिन रक्तामाला नमूना सामुदायिक बन उपभोक्ता समुहको क्षेत्र भित्र विभिन्न प्रजातिका दुइ हजार बिरुवा रोपि शुरु गरिएको रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिए। सामुदायिक बन क्षेत्र भित्र विभिन्न प्रजातिका तेजपत्ता,अर्जुन छाल,बर्रो,हर्रो,अमला लगायतका जडिबुटीका बिरुवा रोपिएको छ। रक्तमाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्री ईन्द्र प्रसाद लुइटेलको अध्यक्षता तथा सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निबर्तमान नगरप्रमुख उत्तमकुमार शर्मा, उपप्रमुख रीताकुमारी चौधरी, सप्तकोशी नगरपालिका वडा न १ का वडाअध्यक्ष,रोहिणि प्रसाद पोखरेल डिभिजन वन कार्यलय सप्तरीका प्रमुख सुभाष चन्द्र दास डिभिजन वन कार्यालय सप्तरीका कर्मचारी सामुदायिक बनका पदाधिकारी र उपभोक्ताहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको सामुदायिक बनका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button