समाचार

महादेवामा जन अधिकार पार्टीद्वारा मधेसी अपाङ्ग कोटाबाट चयन नेतृको सम्मान

पब्लिक प्रेस ।
सप्तरी जिल्लाको महादेवा गाउँपालिका–१ पकरी टोलमा जन अधिकार पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मधेसी अपाङ्ग कोटाबाट चयन भएकी बबिता कुमारी मण्डललाई सम्मान गरेको छ। सम्मान कार्यक्रम शुक्रबार उनको निवासमै आयोजना गरिएको हो।
कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष शरद सिंह यादव स्वयं उपस्थित भई बबिता कुमारी मण्डललाई सम्मान गर्नुभएको थियो।
सम्मान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले दलित, अपाङ्ग, मधेसी तथा अन्य पछाडि पारिएका समुदायलाई राजनीतिक, सामाजिक र राज्यको निर्णय प्रक्रियाको केन्द्रसम्म पुर्‍याउने जन अधिकार पार्टीको मूल उद्देश्य रहेको बताउनुभयो।
“देशमा धेरै राजनीतिक दलहरू छन्, तर पछाडि परेका समुदायका मुद्दालाई प्राथमिकताका साथ उठाउने र व्यवहारमा लागू गर्ने दल कम छन्,” उहाँले भन्नुभयो, “हाम्रो पार्टी सधैँ यस्ता समुदायको पक्षमा उभिन्छ र उनीहरूको हक, अधिकार तथा प्रतिनिधित्वलाई पहिलो प्राथमिकतामा राख्छ।”
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button