समाचार

“जनता समाजवादी पार्टी नेपालको धाँधली : सचिव झाले दिए राजीनामा”

पब्लिक प्रेस ।

जनता समाजवादी पार्टी नेपालका सकृय कार्यकर्ता अमोद कुमार झाले पार्टीको सचिव पदबाट राजीनामा दिएका छन्। उनले पार्टीको वडा स्तरीय र पालिका स्तरीय अधिवेशनमा सडयन्त्रपूर्ण र धाँधली गतिविधिहरू भएको आरोप लगाएका छन्।

२०८१ साल चैत २६ र २७ गते वडा स्तरीय अधिवेशन र चैत २८ र २९ गते पालिका स्तरीय अधिवेशन हुने तय भए पनि, पालिका अधिवेशनलाई पछि सारेर २०८२ साल वैशाख १३ गते गराइएको थियो। खुला सत्रमा सम्पूर्ण कार्यकर्ताहरूको सहभागिता भए पनि बन्द सत्रमा केही व्यक्तिहरू मात्र सहभागी भएको र कुनै ठोस निष्कर्षमा नपुगेको झाले बताएका छन्।

उनका अनुसार, पाँच जनाको कमिटी गठन गरी जिम्मेवारी दिइए पनि तीन दिनसम्म पालिका घोषणा गर्न नसकिएको र विना माइन्युट मनपर्दी ढंगले कमिटी गठन गरिएको थियो। झाले यो प्रक्रिया पार्टीको विधान र सहमति विपरीत भएको दाबी गरेका छन्।

२०६३ सालदेखि पार्टीमा रहँदै विभिन्न कालखण्डमा राजनीति उतारचढावको सामना गर्दै सचिव पदमा काम गरेका झाले बुधबार राजीनामा दिएको घोषणा गरेका छन्। उनले पार्टीको सकृय कार्यकर्ता रूपमा काम गर्न जारी राख्ने बताएका छन्।

झाले निर्वाचन अधिकृत अमरेन्द्र ठाकुर र केही स्थानीय र जिल्लाका राजनीतिक कार्यकर्ताहरूको इसारामा गलत कार्य भएको आरोप लगाएका छन्। उनले आफ्नो राजीनामाको जानकारी वडा अध्यक्ष रामेश्वर मुखिया, कार्यबाहक अध्यक्ष माधव कुमार राय, उपाध्यक्ष रमेश कुमार मुखिया, सचिव शिवनाथ यादव र सम्पूर्ण पालिका कमिटीलाई गराएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button