समाज

ठाकुरको १७ औ स्मृती दिवस मनाइयो

राजविराज जेठ २९ गते ।
सप्तरीको अग्नी साईर कृष्णा सवरण गाउँपालिका –४ बनौलीमा दशरथ ठाकुरको १७ औ स्मृती दिवस एक कार्यक्रम विच मनाइएको छ । नेपाल कम्यनिष्ट पार्टी(माओवादी केन्द्र) अग्नी साईर कृष्णा सवरण गाउँपालिकाको आयोजनामा बनौली गाउँमा दशरथ ठाकुरको १७ औ स्मृती दिवस मंगलवार मनाइएको हो । ने.क.पा. (माओवादी केन्द्र) अग्नी साईर कृष्णा सवरण गाउँपालिका –४ न.ं वडा पार्टीका अध्यक्ष मो.किसमत मंसुरीको अध्यक्षता तथा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदाको प्रमुख आतिथ्यमा सम्पन्न दशरथ ठाकुरको १७ औ स्मृती दिवस कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष छेदी रजक(बिमल),उपाध्यक्ष भागवत यादव,सचिव बेचन प्रसाद चौधरी, अग्नी साईर कृष्णा सवरण गाउँपालिका कार्यपालिका सदस्य कपिल सरदार,श्री प्रसाद मण्डल,रामदेव यादव,डम्बर सरदार लगायतले शहीद दशरथ ठाकुरले पार्टीको लागी गरेको योगदानको बारैमा आ आफनो विचार ब्यक्त गरेका थिए । सप्तरीको अग्नी साईर कृष्णा सवरण गाउँपालिका –४ बनौली स्थित टोका वन भन्ने स्थानमा २०६४ साल जेठ २९ गते का दिन स्थानिय अततायी एक समुहले गोली हानेर दशरथ ठाकुरको हत्या गरेको थियो । यसै विच शहीद ठाकुरको १७ औ स्मृती दिवसको अवसरमा राजविराज स्थित नेता (शहिद दशन) चौकमा दिप प्रज्वलन समेत गरेको पार्टीले जनाएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button