समाचार

एमालेकाे जिल्ला संयन्त्र कडाइकाे साथ लागु हुँदै

पब्लिक प्रेस संवाददाता
कञ्चनरुप पुस २० गते ।

नेकपा ( एमाले)नगर स्तरिय जिल्ला कमिटीका सदस्यहरूलाई वडामा समन्वयका लागि खटाएकाे पार्टीका पाेलिटब्युराे सदस्य तथा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले जानकारी दिनुभयाे । जिल्ला संयन्त्रकाे निर्णय अनुसार अब जिल्लाका जिम्मेवारहरूलाई वडा स्तरिय संयन्त्रमा रहि काम गर्नुपर्ने छ नेता प्याकुरेलले भन्नुभयाे वडा स्तरिय संयन्त्रमा वडा इन्चार्ज, जिल्ला कमिटीका सदस्यहरू, पालिका कमिटीका सदस्यहरू र वडा पदाधिकारी एकसाथ रहि काम गर्नुपर्ने हुन्छ । जिल्ला सदस्यहरूले समन्वयकाे भुमिका निभाउने छन् ।

सप्तरीकाे कञ्चनरूप नगरपालिका स्थित पार्टी नगरकमिटीकाे कार्यालयमा नेकपा (एमाले )को प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज असरा चौधरीको अध्यक्षता र नेता प्याकुरेलकाे विशेष उपस्थितिमा बसेकाे नगर संयन्त्रकाे बैठकले कञ्चनरूपका १२ वटै वडामा जिल्ला सदस्यहरू ताेकिएकाे छ ।

वडा नम्वर १ शिव नारायण साह, २ इक्राइल सेख, ३ आनन्द कुमार चौधरी, ४ लक्ष्मी मण्डल, ५ देब नारायण श्रेष्ठ, ६ केदार प्रसाद खतिवडा, ७ सबिता न्याैपाने, ८ राज कुमार साह, ९ सरस्वती निराैला, १० अरूण कुमार यादव, ११ ललित कुमार गाेजेवार र १२ मा पेशल जाेशीलाई ताेकेर निर्णय गरेकाे जनाइएकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button