समाज

१ करौड १ लाख नेपाली रुपैँया सहित अंसारी पक्राउ

सुनसरी |

सुनसरीको हरिनगरा गाउपालिका वडा नं ५ स्थित रहेको दुर्गा मन्दिर नजिक रहेको चेक पोइन्टबाट सशसत्र प्रहरी सुनसरीले १ करौड १ लाख नेपाली रुपैँया सहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले पाएको गोप्य सूचनाको आधारमा ३५ बर्षिय इशा अंसारीलाई रङेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साँझ करिब ८ बजेको समयमा प्रहरीले एक गाडि चेक जाँच गर्ने क्रममा पैसा सहित व्यक्ती पक्राउ परेका छन् । सुनसरी , राजश्व विभागको टोली अहिले घटना स्थल तर्फ गएको जानकारी प्राप्त भएको छ ।

एक प्रहरी अधिकृतले , सञ्चारकर्मीलाई भने , अंसारी विदशी एजेण्ट रहेको समेत सूचना प्राप्त भएकाले , थप अनुसन्धान एवम सूचनालाई भेरिफाईमा लागेको बताए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button