समाज

तिरहुतले किसानको सिंचाइ मिटर महसुल बुझाए

 

पब्लिकप्रेस संवाददाता
जेठ १९,राजविराज ।

तिरहुत गाउँपालिकाले आफ्ना किसानहरुको सिंचाइ मिटरको महसुल चुक्ता गरेका छ्न।चालू आर्थिक वर्षमा बाँकी रहेका सम्पुर्ण किसानहरुको महसुल शुक्रबार एक कार्यक्रमबीच भुक्तानी गरेका हुन।

उक्त गाउँपालिकाका अध्यक्ष बिजय कुमार यादवले ९ लाख ६९ हजार सात सय ९० रुपैयाँ ९५ पैसा चेक मार्फत हस्तान्तरण गरिएको नेपाल विद्युत प्राधिकरण कन्चपुर वितरण केन्द्रको कार्यालय प्रमुख इन्जिनियर अरुण कुमार साहले जानकारी दिएको छ।

सो गाउँकार्यपालिकाको चालु आर्थिक वर्षमा ल्याएको कार्यक्रम अन्तर्गत स्थानीय किसानहरुलाई निशुल्क सिंचाइ गर्ने व्यवस्था मिलाइएको थियो ।सोही बमोजिम पालिकाभित्र रहेका १३ सय ८० जना किसानहरुको सिंचाइ विद्युत महसुल चुक्ता भएको छ।तिरहुत गाउँपालिकाको यस कार्यबाट स्थानीय किसानहरु कृषि पेशामा झन् आकर्षित हुने अपेक्षा लिएको स्थानीयहरुले बताएका छ्न।पालिकामा रहेका ६ वटै वडाका उक्त किसानहरुलाई सिंचाइका लागी गरिएको निशुल्क व्यवस्था ऐतिहासिक कार्य भएको उनीहरूले बताएका छ्न।

प्राधिकरणका इन्जिनियर साहका अनुसार तिरहुत् गाउँपालिकाले यस कार्यालयसँग गरेको सम्झौताअनुरुप भुक्तानी गरेको कार्य प्रशंसायोग्य रहेको बताए ।उनका अनुसार नेपाल कृषि प्रधान देश भएकाले यहाँका नागरिक कृषिमा आधारित रहेको अवस्थामा स्थानीय सरकारले ल्याएको यो कार्यक्रमबाट अरु स्थानीय तहहरु अभिप्रेरित हुने विश्वास लिएको बताए ।

यसै क्रममा गाउँपालिका अध्यक्ष बिजय कुमार यादवले आफू किसानको छोरा भएको नाताले यहाँ किसानहरुको समस्यासँग अवगत रहेको बताएका छ्न।उनका अनुसार यहाँका किसानहरु बाली उत्पादनका लागी आकाशे पानीमा निर्भर हुनुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छ्न।यसर्थ किसानहरुले सिंचाइ विद्युत मिटर जडान गरि कृषि उत्पादनमा जोड्नुपर्ने आह्वान समेत उनले गरेका हुन।

चेक हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष यादव,उपाध्यक्ष बिना देवी यादव,प्रमुख प्रशासकीय अधिकृत र प्राधिकरणका कार्यालय प्रमुख साहको उपस्थिति रहेको थियो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button