पब्लिक प्रेस ।
सप्तरी, छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यान्नद चौधरीमाथि सरकारी सम्पत्तिको दुरुपयोगको गम्भीर आरोप लागाएकाे छ । स्थानीय पत्रकार कृष्णा मंडलले सामाजिक सञ्जालमार्फत शुक्रबार रशनिवार सार्वजनिक गरेको भिडियो फुटेजले ट्र्याक्टर र एम्बुलेन्सको अनुचित प्रयोगलाई उजागर गरेको छ।
ट्र्याक्टरको दुरुपयोग
गाउँपालिकाको ट्र्याक्टर अध्यक्ष चौधरीका दाजुभाइको निजी व्यापार व्यवसायका लागि इँटा, बालुवा, सिमेन्ट ओसारपसार गर्न प्रयोग गरिएको आरोप छ। यसले सरकारी सम्पत्तिको अनुचित प्रयोगको विषयलाई थप विवादास्पद बनाएको छ।











