प्रहरी प्रशासनसमाचार

तोपा बजारबाट ब्राउन सुगर जस्तो पदार्थसहित तीन जना पक्राउ, WagonR गाडी नियन्त्रणमा

पब्लिक प्रेस ।

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा लागू औषध ओसारपसारविरुद्ध प्रहरीले ठूलो सफलता हात पारेको छ। शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपा बजारमा सवारी साधन चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा प्र.१–०४–००१ ज ००४५ नम्बरको WagonR गाडीमा सवार तीन जनालाई जाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। फेला परेको पदार्थलाई साँझ डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित २०५.८ ग्राम लागू औषध रहेको पुष्टि भएको हो।
लागू औषधसहित पक्राउ पर्नेमा मोरङ जिल्ला बेलबारी नगरपालिका–४ चुम्मा डाँडा घर भई हाल विराटनगर महानगरपालिका–४ जामुनगाछी बस्ने उमानाथ निरौलाका ३२ वर्षीय छोरा अनुरुध निरौला रहेका छन्। त्यस्तै, गाडी चालक मोरङ विराटनगर महानगरपालिका–१७ रानीटोल बस्ने अलाउदिन मियाका ३७ वर्षीय छोरा रजप आलम तथा मोरङ विराटनगर महानगरपालिका–४ जामुनगाछी बस्ने लक्ष्मी शर्माका २१ वर्षीय छोरा निकेश कुमार शर्मा पनि पक्राउ परेका छन्।
प्रहरीले लागू औषधसहित WagonR गाडीलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीले जानकारी दिएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button