समाज

एसपी ढकेन्द्र सप्तरी आए लगत्तै ठूलो परिणाममा गाँजा बरामद

पब्लिक प्रेस संवाददाता
राजविराज, 
एसपी ढकेन्द्र खतिवडा सप्तरीमा प्रहरी कार्यालय प्रमुख भएर आएपछी जिल्लामा ठुलो परिणाममा लागुऔषध गाँजा बरामद भएकाे छ।
सप्तरीका प्रहरी प्रबक्ता तथा सूचना अधिकारी डिएसपी जितेन्द्र कुमार बस्नेतले सोमबार एक प्रेस विज्ञप्ति जारीगरि यस्ताे जानकारी दिएकाे हाे ।

उनकाे अनुसार, अहिलेसम्म १ सय किलो लागुऔषध गाँजा बरामद गरेकाे छ । पुस ४ गते जिल्लाकाे बलानविहुल गाउँपालिका वडा नम्बर ६ स्थित शेहरा भन्दा १ किलो मीटर पूर्व गाँजा नियन्त्रणमा लिएकाे बिज्ञप्तीमा भनिएकाे छ नेपालबाट भारततर्फ अबैध रुपमा लुकाई छिपाई लादै गरेको अवस्थामा प्रहरीले फेला पारेकाे थियाे ।
टाँउकोमा बोराहरु बोकी लादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि बोराहरु सोही स्थानमा छोडी मानिसहरु भारततर्फ भागेको बिज्ञप्तीमा उल्लेख छ ।
बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र १ सय किलो लागुऔषध गाँजा बरामद भएको र उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपी बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि प्रहरीले राजगढ गाउँपालिकाबाट १७ क्वीन्टल र कञ्चनरुप तथा जिल्लाको विभिन्न स्थानबाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिएका थिए । एसपी खतिवडा र डिएसपी बस्नेत अघि यति ठुलाे मात्रामा लागु औषध नियन्त्रणमा लिन सकेका थिएनन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button