समाज

कसैलाइ भेदभाव गरिन्न, अपराधी फन्दामा परेपछि सजाय नपाइ उम्किन्न: प्रनाउ नेपाल

पब्लिक प्रेस संवाददाता
कञ्चनरुप जेठ १९ ।

सप्तरी कञ्चनरुप स्थित इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी महेन्द्र नेपालले शान्ती सुरक्षालाई प्रगाढ बनाउदै जनताकाे सेवा सुविधामा कन्जुस्याहि नहुने बताउनु भयाे । शनिवार कार्यालयमा आयोजित पत्रकारसंगकाे परिचयात्मक कार्यक्रममा डिएसपी नेपालले आफ्नो एरीयामा प्रहरीबाट प्रदान गरीने सेवा सुविधामा कमी नहुने दावी गर्नुभयाे ।

कसैलाई भेदभाव गरिने छैन उहाँले भन्नुभयाे कानूनले अपराध ठहराएकाे जाे काेहिपनि मेराे फन्दामा परेपछि सजाय भाेग्छन नै । यस ईलाका प्रहरी कार्यालयले प्रदान गर्दै आएका कञ्चनपुर, भारदह, महुली फत्तेपुर लगायतका स्थानमा प्रहरीकाे थप निगरानी र अतिरिक्त कार्यहरु हुने प्रहरी नायव उपरिक्षक नेपालले जानकारी दिनुभयाे ।
साे अवसरमा पत्रकार भाेला पासवानले लागू औषध दुर्व्यसनीलाई नियन्त्रण गर्न नसके युवाहरु बिग्रने जानकारी गराउनु भयाे । समाज तथा अविभावककाे निगरानीले कन्ट्राेल हुन नसकेका युवाहरुले लागू औषध सेवन बाहेक अतिरिक्त गतिविधिमा संलग्न भई उत्पात मच्चाउने गरेकाे पत्रकार पासवानले बताउनु भयाे । यस्तै पासवानले सडक दुर्घटना, महिला हिंसा, चाेरी तस्करी लगायत घटनाका वारेमा प्रष्ट्याउदै प्रहरीकाे भूमिकामा कमी नहुन आग्रह गर्नुभयो ।
प्रेस चाैतारी नेपाल सप्तरी शाखाका अध्यक्ष डम्बर राईले प्रहरी र पत्रकारबीचमा अन्तर सम्बन्ध राख्ने प्रवृत्तीले नागरिकलाइ घाटा पुग्ने बताउनु भयाे । प्रहरीले गर्ने काम कर्तव्य र पत्रकारले गर्ने काम कर्तव्य फरक देखिएपनि दुबै अंगले जनतालाई नै सुविधा पुर्याउने हाे पत्रकार राईले भन्नुभयाे प्रहरीले हामीलाई सूचना दिने अनि हामीले जनता समक्ष सूचित गराउने हाे ।स्थानिय नदि, (खाेला) बाट ओसार पसार हुने गरेका बालुवा, गिट्टीलाई बैधानिकतामा ल्याउन राईले आवश्यक औल्याउनु भयो । स्थानिय सरकारले आयस्रोतको माध्यम बनाउन सक्छन् । आई इ इ गरेर मापदण्डकाे आधारमा निकास गरे लाखाै रकम संकलन गर्न सक्ने राईले अभिव्यक्ती दिए।
पत्रकार बृजमान तामाङले पत्रकार र प्रहरी नङ र मासुकाे सम्बन्ध रहेकाे संज्ञा दिनुभयाे । तपाईहरु जस्तै निर्वाधरुपमा अहाेरात्र जनताकै हीतमा खट्ने पत्रकारकाे काम भएकाेले पत्रकार र प्रहरीबीच सम्बन्ध रहनै पर्छ पत्रकार तामाङले धारणा व्यक्त गर्नुभयाे । शान्ती,सुरक्षा र सम्मानकाे लागि हामी आग्रह गर्दछौ जसको लागि प्रहरीले साथ दिने छ ।
साे अवसरमा समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिल पाेखरेल, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य राज कुमार पासवान, मनु पासवान लगायतले स्थानिय समसामयिक बिषयमा प्रकाश पारेका थिए ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा दुई महिना हुँदै गरेकाे कार्यालय प्रमुख प्रनाउ नेपाल काठमाण्डाै टक्सारबाट सरुवा भई आउनु भएको हो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button