समाज

बेवारिसे अवस्थामा बालिकाकाे शव

पब्लिक प्रेस संवाददाता
राजबिराज मङ्सिर १६ गते ।

सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ११ सखुवा स्थित कोशी पलारमा बेवारिसे शव फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ । जिल्ला प्रहरी कार्यालय सप्तरीकाे अनुसार, ११ बर्ष जतिकाे उमेरकी बालिका ३ फिट पानीमा डुबेकाे अवस्थामा आइतबार साढे ११ बजेकाे समयमा मृत फेला परेकाे हो ।

मृतककाे तत्काल नाम थर वतन नखुलेको तराई मुलको जस्तो देखिने उक्त मृतक बालिकाकाे जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली खटी गई अनुसन्धान भईरहेको छ । साथै निजकाे सनाख्त हुन नसकेको हुँदा निज बालिकालाई चिन्नु हुने जो कसैले जिल्ला प्रहरी कार्यालय सप्तरी वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन सबै पक्षसँग जिल्ला प्रहरी कार्यालयले अनुरोध समेत गरेकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button