समाज

सप्तरीमा एक युवक झुन्डिएको अवस्थमा फेला

राजबिराज ।
सप्तरी जिल्लाको तिरहुत गाउँपालिका-२ मैनाकडेरीमा एक युवक झुन्डिएको अवस्थामा फेला परेको छ ।

बुधबार बिहान स्थानीय इनुस मंसुरीका कान्छो छोरा अन्दाजी बर्ष २३ को आईजु मंसुरी घरबाट ५ सय मिटर पर रहेको महुली खोला किनारमा बर्दरुखको हांगामा गम्छामा फाँसो लगाई झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जानकारी दिए ।

स्थानीयले झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा प्रहरी पुगेर घटनाको सबै प्रक्रिया पूरा गरि मृतक युवकको शब पोष्ट मार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज पठाएको ईलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान भईरकेको डिएसपी नेपालले बताए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button