समाचार

फत्तेपुरमा मधेश प्रदेश स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन च्याम्पियनसिप शुरु

सप्तकोसी/

सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मधेश प्रदेश स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन च्याम्पियनसिप २०८१ शुक्रबार देखि शुरु भएको छ। सप्तकोसी नगर खेलकुद बिकास समिति सप्तरीको आयोजना तथा न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको सह आयोजना र जिल्ला ब्याडमिन्टन संघ सप्तरीको प्राबिधिक सहयोगमा संचालित मधेश प्रदेश स्तरीय प्रथम मेयरकप ब्याडमिन्टन च्याम्पियनसिप २०८१ को उद्घाटन सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले ब्यानर बाचन र प्रमुख एम्पाएर केदार धिमाललाइ सटल हस्तान्तरण गरि गरेका छ्न।
नगर खेककुद बिकास समिति सप्तकोसीका अध्यक्ष सुरेश खडकाको अध्यक्षतामा तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सप्तकोसी नगरपालिका उप प्रमुख रिताकुमारि चौधरी ,वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल वडा न का वडा अध्यक्ष जाहिर हुसेन,वडा न ३ का वडा अध्यक्ष देबकान्त गोजेवार ,वडा न ८ का वडा अध्यक्ष केदार शाह वडा न ७ का वडा अध्यक्ष जितन चौधरी नेपाल ब्याडमिन्टन संघ मधेश प्रदेशका उपाध्यक्ष दिपककुमार खड्का सचीव हर्ष श्रेष्ठ , जिल्ला ब्याडमिन्टन संघ सप्तरी अध्यक्ष दिपक कार्की ,जिल्ला खेलकुद बिकास समिति सप्तरीका कार्यलय प्रमुख दिनेश भुजेल, सप्तकोसी उद्योग बाणिज्य संघका अध्यक्ष सुदाश राइ, नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दहाल,रास्वपा नगर अध्यक्ष मान प्रसाद लुइँटेल लगायतको उपस्थिति रहेको थियो।

३ दिन सम्म चल्ने प्रतियोगितामा मधेश प्रदेश र उदयपुरका गरि ३ बिधामा जम्मा ७२ जोडीले सहभागिता जनाएका छन। सप्तरी जिल्ला स्तरीय प्रतियोगितामा जिल्लाका २२ जोडीको सहभागिता रहेको छ भने दुबै जिल्लाको मास्टर डबलस ९० पलसमा २७ जोडी र मधेस प्रदेश र उदयपुरको खुल्ला मेन्स डबल मा २३ जोडीले सहभागिता जनाएको नगर खेलकुद बिकास समिती सप्तकोसीका नगर अध्यक्ष सुरेश खड्काले जानकारी दिए।
प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने टिमलाइ मेन्स डबलस ओपन तर्फ क्रमशः शिल्ड मेडल सहित नगद २५ हजार र पन्द्र पन्द्र हजारका दरले बितरण गरिने र सप्तरी जिल्ला स्तरीय प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने टिमलाइ क्रमश १५ हजार र आठ आठ हजारका दरले बितरण गरिने र मास्टर डबल्स ९० प्लस लाइ २० हजार र ब्राह ब्राह हजार बितरण गरिमे आयोजक कमिटीका सदस्य अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button