समाज

रूपैयाँ ठगी धन्धा गिराेहका ” मास्टरमाइन्ड” राम बहादुर उर्फ हनुमानीद्वारा दर्जनाै पिडित

पब्लिक प्रेस संवाददाता

राजबिराज मंसीर ४ गते ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा निवासी राम बहादुर रजक उर्फ हनुमानीले लाखाै रुपैयाँ ठगी गरेकाे खुलासा भएकाे छ । उनी पैसा डब्बल गर्ने नाममा ठगी धन्दा चलाउने गिरोहका ‘मास्टरमाइन्ड’ हुन् ।

उनले रूपैयाँ डब्बल गरि फिर्ता गर्ने देखि लिएर विभिन्न मुद्धामा फसेका, प्रहरी हिरासतमा रहेका वा जेल चलान भएकाहरूकाे मुद्धा मिलाई दिने सर्त राखि लाखाै ठगी गर्दै आएको खुल्न आएको छ । यो मामलामा रजकको गिरोह दुई दशकदेखि सक्रिय रहेकाे पिडितहरुकाे मुद्धा बिवरणबाट पत्ता लागेकाे छ । ‘पैसा दुई गुणा गरिदिन्छु भनि साेझासाझालाई प्रलाेभनमा पारेर पैसा लिएर फरार हुने उनकाे मुख्य धन्धा हाे ।

यहि ठगीमा परेका तिलाठी कोइलाडी गाउँपालिका ४ डलवाका कासिम मन्सुरीले भने, हामी जस्ता सोझासाझालाई प्रलोभनमा पारेर सुरुमा ५० हजार लियो र १ लाख फिर्ता गरिदियो, अनि ५ लाख माग्यो ५० हजार फिर्ता गरेकाे बिश्वासमा ५ लाख दियाै पछि रजक सम्पर्कविहीन नै भयाे । पैसा माग्न धेरै पल्ट उनकाे घरमै धायाैं तर उनले पैसा फिर्ता नगरी भागेरै टार्याे । यहाँसम्म उसकाे गिराेह छ कि जाे पैसा माग्न आउछन उसको टोलको महिलाधरी विभिन्न गाली गलाैज गर्दै छाेप्छन् मन्सुरीले दु;खेसाे गरे ।

पिडित धेरै छन् तर उनकाे ठुलै गिराेहबाट धाकधम्की र दवावका कारण पिडितहरूले पीडा सहेर उनीहरुले कत्तै गुनासो वा प्रहरीमा उजुरी गर्न सकेका छैनन् । पिडित मंसुरीकाे अनुसार, २ दशकदेखि उनीहरुले यो धन्दा चलाएको र धेरै सर्वसाधारणलाई पैसा काराेवार प्रलाेभनमा फसाएर दु:ख दिदै आएको छ ।
यस्तै अर्का पिडित साेहि पालिकाका वडा नम्बर ४ बरियारीका हरिलाल मुखियाले आफुसङ्ग १२ लाख रूपैयाँ लिएर फिर्ता नगरेकाे भन्दै यस्ता रुपैयाँ धेरैसंग लिएर ठगीगरेकाे बताए ।

रूपैयाँ डब्बल गरिदिने धन्दाका हनुमानी गिरोहबाट ठगी परेका केही पिडित तनावकै कारण बितिसके भने केही मर्नु न बाँच्नु भएर जीवन संघर्ष गरीरहेका छन् । ठगी धन्धाबाट अरबाै कमाएका हनुमानीकाे गिराेहमा ठुलै ब्यक्तिकाे हात रहेकाे देखिन्छ । कान्ता यादव, रुपेश यादव, अरुण यादव लगायत ठुलाे संख्याका गिराेह छन् उनले भने म ठगिएकाे हुँ मेराे छाेराहरूकाे कारणबाट । मेरो दुई छोरा लागुऔषधमा प्रहरीद्वारा पक्राउ परेपछि हिरासतबाट रिहा गराइदिनु भन्दै १२ लाख हनुमानीले लिएकाे थियाे ।तर दुवै छोराले वरावरी २० वर्ष जेल खप्नु पर्याे मुखियाले गुनासाे गरे ।

म जस्ता धेरैलाई यसरी नै ठगी गरेर हनुमानीले जमिन खरीद गर्ने र मकान बनाउँने कार्य गर्दै आएको मुखियाकाे दावी छ । यहाँसम्मकने दवाव र धम्की छ कि आफुले दिएकाे रकम माँग्न जाँदा उनकाे गिराेहले झगडा गर्ने र दवाव सिर्जना गर्ने गर्दछन् , डरकाे मारा बनाएपछि चुप लागेर बस्नु परेकाे मुखियाकाे गुनासाे छ ।

घटनाक्रमका विषयमा प्रहरीमा पनि उजुरी गरेको मुखियाले बताए । गत असारमै मेले उजुरी दिएका थिए, यसअघिका एसपीले दुई पटक उनलाई बोलायो तर उनी आएनन् प्रहरी उनकाे घरमा पुग्दा हनुमानी गायब हुन्छ, लुकीछिपी बसेर मुद्धा पचाउदै आएका छन् मुखियाले भने । याे अवस्था पटक पटक हुँदा प्रहरीलेपनि चासाे दिन छाडेकाे उनकाे भनाई छ ।
हनुमानी गिरोहबाट तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीका सम्पत मुखिया पनि पीडित छन् । तर, डरका कारण उनले उजुरी त परै जाओस खुलेर बाेल्न समेत चाहिरहेका छैनन् । डराउदै उनी भन्छन्, म बर्वाद भए, प्रलाेभनमा फसियाे, अब दिएकाे रकम माग्दा उल्टै समस्यामा पार्छ, बोल्यो भने आफैमाथी आक्रमण हुनसक्छ त्यसैले रकम माँग्नै सक्दिन ।

हनुमानी गिराेहका धन्धा बिषयमा गत बुधवार पूर्वमन्त्री उमेशकुमार यादवले पनि सामाजिक सञ्जालमा लेखेका थिए । पूर्व मन्त्री यादवकाे स्टाटस अनुसार, दुई दशकदेखि सक्रिय रहेका ती गिरोहबाट ठगिएका व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज नेउपानेलाई गुनासो गर्दा डिएसपी नेउपानेले गिराेहसंग मिलेर उल्टै पीडितलाई हप्काएर फर्काएका थिए ।
सप्तरीबाट डिएसपी नेउपाने भने असोज ७ गते नै सरुवा भइसकेका छन् । उनले ती गिरोहबारे अनुसन्धान गर्नका लागि केही व्यक्तिलाई नियन्त्रणमा पनि लिएका थिए तर जिल्ला प्रहरी कार्यालयमा रेकर्ड भने नरहेको प्रहरी श्रोतकाे भनाई छ ।
श्राेतकाे अनुसार, हिरासत कक्षको रजिष्टरसम्मै उनीहरुको विवरण देखिदैन ।
भर्खर सरुवा भई आएका सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पनि रेकर्ड नपाएको बताए तर पुराना उजुरीबारे बुझ्ने कार्य भइरहेको छ खतिवडाले भने ठगीमा परेकाहरु प्रहरीको सम्पर्कमा आयो भने हामी कानुन अनुसार अघि बढ्छौं ।
यसबारे रामबहादुरसँग  बुझ्न खोज्दा सम्पर्कमा आउन सकेन ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button