समाज

जबरजस्ती करणी मुद्दामा युवक पक्राउ

पब्लिक प्रेस संवाददाता
राजबिराज कार्तिक ०७ गते ।

जबरजस्ती करणी मुद्दामा सप्तरी प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसंधान चलाएका छन् । राजबिराज नगरपालिका वडा नम्बर ६ स्थित थानगाछी बस्ने उमेश प्रसाद साह हलवाइकाे छाेरा बर्ष २८ काे आकाश आदर्शलाई पक्राउ गरि अनुसंधान चलाएकाे हाे ।

बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएकाे जानकारी अनुसार, आदर्शले आफ्नै बुबाले चलाउदै आएका सोही पालिका वडा नम्वर ४ स्थित तन्दुरी रेष्टुरेन्टमा काम गर्ने महिलालाइ असाेज २१ गते जबरजस्ती करणी गरेकाे थियाे । परिवर्तित नाम जिल्ला राजबिराज १५(क) (०८१-०८२) महिलाले सञ्चाे नभएर काेठामा गई सुतिरहेकाे अवस्थामा काेठाकाे ढाेका ढक्ढकाई ढाेका खाेल्न लगाएर मुख थुनी काेठामा जबरजस्ती करणी गरेकाे प्रहरीले जनाएका छन् । आदर्शले याैन सम्पर्क गरेकाे माेवाइलबाट बनाएकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल गरीदिन्छु भन्दै धाकधम्की दिदै पटक पटक करणी प्रयास गर्दै आएका थिए ।
साथै उनले बनाएकाे भिडियाे पिडितकाे ह्वाट्सपमा समेत पठाएपछि साेही आधारमा पिडितले प्रहरी समक्ष जाहेरी दिएका थिए ।
प्रतिवादी आकाश आदर्शलाइ म्याद थपगरी अनुसन्धान भइरहेकाे प्रहरीले जनाएका छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button