समाज

एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सप्तरीद्वारा राहत बितरण

पब्लिक प्रेस संवाददाता
कञ्चनरुप कार्तिक १ गते ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सप्तरीले बाढिपिडितहरुलाइ राहत बितरण गरेका छन् ।

असाेजमा आएको अविरल बर्षामा डुवानमा परेका जिल्लाका हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भीटटाेलका दलित तथा विपन्न १ सय २५ घरपरिवारलाई आज राहत स्वरुप खाधान्न वितरण गरेकाे राष्ट्रिय युवा संघ सप्तरीका अध्यक्ष अशाेक कुमार गुठियाले जानकारी दिनुभयाे ।

गुठियाकाे अनुसार चामल १५ किलाे, नुन एकपाेका,चाउचाउ २ पाकेट, तेल १ पाेकाका दरले पिडितहरुलाई बितरण गरेकाे हाे । साे अवसरमा पाेलिटब्युराे सदस्य एवं सप्तरी ईन्चार्ज सुमनराज प्याकुरेल, पूर्वकेन्द्रीय सल्लाहकार सदस्य गंगा प्रसाद साह, प्रदेश कमिटीका शैलेशचन्द्र झा, जिल्ला सचिव, देवनाथ यादव, सदस्य शाेभितलाल यादव, युवासंघका केन्द्रीय सदस्य केवल खत्री, प्रदेश कमिटी सदस्य बुधन झा र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, नगर र गाउँ कमिटीका पदाधिकारी एवं सदस्यहरूकाे सहभागी रहेकाे थियाे ।

नेकपा एमालेका पाेलिटब्युराे सदस्य एवं सप्तरी ईन्चार्ज सुमनराज प्याकुरेलले राहत उपलब्ध गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनु भएको आयोजक समितिले जनाएका छन । उहाँकै सहयाेगमा केहिदिन अगाडि सिन्धुली जिल्लामापनि राहत पठाइएकाे थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button