समाज

बाढीपिडितलाई राहात वितरण

पब्लिक प्रेस संवाददाता
कञ्चनरुप
सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ५ स्थित जाेगनियामा आज बाढीपिडितहरुलाई राहात वितरण गरेका छन् । नगर प्रमुख बिरेन्द्र माझीले सय घरपरिवारलाई ३ किलाे भुजा(मुरी), नुन एकपाेका, चिउरा एककिलाे, ४ बाेतल पिउनेपानी मंगलवार राहत वितरण गर्नुभएकाे हाे । साे अवसरमा वडाध्यक्ष बद्धीमान श्रेष्ठले प्राविधिक तथा प्रशासनिक भूमिकामा सहयाेग गरेकाे थियाे ।

वडाध्यक्ष श्रेष्ठकाे अनुसार तिनदिन अगाडीकाे अविरल बर्षाले यस वडामा डुवानमा परेका पिडितहरूलाई नगरपालिकाले राहत उपलब्ध गराएकाे हाे । दलित वस्तीका तीनसय घरपरिवार पूर्णरुपमा डुवानमा परेका थिए ।
पालिकाका १४ वटै वडाका वस्ती डुवानमा परेका छन् । जसमा अति विपन्न, सुकुम्वासी परिवारलाई राहत वितरण गरिएकाे नगर प्रमुख माझीकाे भनाई छ । वडा नम्वर १३ स्थित गाेवरगाढामा डुवानमा परेकालाई उच्च स्थानमा बसाेवासकाे व्यवस्था मिलाइएकाे छ उहाँले भन्नुभयाे, पालिकाबाट हाम्राे टाेली अनुगमनका लागि टाेल – टाेलमा खटिरहेका छन्, सबै विवरण आइसकेपछी सहयाेग प्याकेज अगाडि बढाइने छ । विपत व्यवस्थापनका लागि नगरपालिका सक्दाे लागि परेकाे नगर प्रमुख माझीले बताउनु भयाे ।
अहिलेपनि घरमा पसिसक्नु छैन, पकाएर खानु, सुत्नुबस्नु समेत घरमा समस्या छ विपत ब्यवस्थापन समितिकाे अध्यक्ष मैनादेवी रामले जानकारी दिनुभयाे । उहाँकाे अनुसार जिउ ज्यानमा कुनै क्षति भएकाे छैन तर अन्नपात, लत्ताकपडा, धनमाल लगायतमा क्षति पुगेकाे छ

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button