धर्म

राजविराजमा सखी बहिनापा मैथलानी समूहद्वारा जितिया महाेत्सवकाे उपलक्षमा कार्यक्रम

पब्लिक प्रेस संवाददाता
राजबिराज असाेज ०६ गते ।

सप्तरी जिल्लाकाे सदरमुकाम राजविराजमा एक कार्यक्रमबीच शनिवार जितिया महाेत्सव मनाएका छन् ।

आइगाडेन हलमा आयोजित समाराेहमा लाेकगीत, लघु नाटक र नृत्य लगायतका मनमाेहक कार्यक्रम प्रस्तुत गरेका हुन् ।
ललिता झा, प्रति चाैधरी, मैथलानी महिला लगायतका समूहले महाेत्सव झल्कने खालका प्रस्तुती गरेका थिए ।

कार्यक्रमकाे अध्यक्षता गर्नुभएकी कवियत्री करूणा झाले जितियाकाे महत्त्ववारे प्रकाश पार्नुभएकाे थियाे । यस्तै समाराेहका बिशिस्ट अतिथि रश्मी झा,रेखा देव र किरण झालेपनि जितिया महाेत्सवका वारेमा विचार व्यक्त गरेका थिए ।

चार दर्जन भन्दा बढी मैथलानी महिलाहरूकाे उपस्थितिमा जितिया महाेत्सव कार्यक्रम गरिएको सखी बहिनापा मैथलानी समूहले जानकारी गराए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button