समाचार

एमालेको झण्डा जलाउने घटनामा संलग्न निर्वाचन प्रहरीको नियुक्ति रद्द, अनुसन्धान सुरु

पब्लिक प्रेस ।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा सप्तरीका एक निर्वाचन प्रहरीलाई सेवाबाट हटाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका–५ निवासी दुर्गा मण्डल धानुकका छोरा, निर्वाचन प्रहरी दर्ता नं. ४१८७ का हरी नारायण मण्डललाई निर्वाचन प्रहरीको काम, कर्तव्य र आचरणविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै करार रद्द गरिएको हो।
प्रहरीका अनुसार मिति २०८२ फागुन ८ गते महादेवा गाउँपालिका–५ स्थित बजार क्षेत्रमा नेकपा (एमाले) को ब्यानर, फोटो तथा झण्डा जलाउँदै अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएपछि उनलाई सोही दिन साँझ ५ः३० बजे जिल्ला प्रहरी कार्यालयमा झिकाइएको थियो।
प्रारम्भिक अनुसन्धानबाट निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रहरीको आचरण विपरीत कार्य गरेको देखिएकाले “निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि, २०८२” को परिच्छेद ४ को दफा १२ (छ) बमोजिम कसुर कायम भएको प्रहरीले जनाएको छ। सोही कार्यविधिको दफा १२ (ध) अनुसार उनको करार रद्द गरी सेवाबाट हटाउने निर्णय गरिएको हो।
निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समितिको निर्णयअनुसार उनको नियुक्ति फागुन ९ गतेदेखि लागू हुने गरी रद्द गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Check Also
Close
Back to top button