समाज

सवारी दुर्घटनामा एक जनाको मृत्यु

पब्लिक प्रेस
इनरुवा, ५ भदौ । सुनसरी सदरमुकाम इनरुवा-४ बस चौकमा बुधबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का रमानन्द मेहता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ३ ख १४५ नम्वरको ट्रकले को २२ प ४०८० नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार मेहताको घटना स्थलमै मृत्यु भएको हो ।
मेहता नोबेल अस्पताल विराटनगरबाट उपचार गरि घर फर्किएका थिए । मेहताको शव परिक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।—

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button