धर्म

राजबिराजमा जगन्नाथको रथयात्रा

पब्लिक प्रेस सैवाददाता
राजबिराज पुस १३ गते ।

सप्तरीकाे राजविराजस्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट भगवान जगन्नाथको रथयात्रा गरिएकाे छ। भगवान जगन्नाथ, बलदेव र सुभद्राको मूर्ति राखेर तेश्रो संस्करणको यात्रामा प्रयोग गरिएको २२ फिट, चौडाई ११ फिट तथा उचाई १५ फिट रहेको रथयात्रा गरिएकाे हाे ।
साे महापुण्य अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सशित कुमार सिंह, प्रदेश सांसद महेश यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख अरुण मण्डलका साथै विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, युवायुवती, बृद्धबृद्धा गरी २० हजारको हाराहारीमा भक्तजन सहभागी भएकाे आयोजक समितीले जनाएको छ ।

रथयात्राकाे शुभारम्भ गर्दै मुख्य मन्त्री सिंहले बहुधार्मिक, बहुसांस्कृतीक र बहुभाषिक नेपाली समाजको विशेषताकै कारण आज हामीहरू यस्ता कार्यमा सहभागी हुन उत्साहित भएकाे बताउनु भयाे । उहाँले
यस्ता धार्मिक आयोजनाले धर्मप्रति आस्था बढाउनुका साथै समाजमा धार्मिक आस्था र आपसी सद्भाव बढाउनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

लक्ष्मी नारायण राधाकृष्ण मन्दिरको समन्वय तथा कृष्णभक्त मण्डल एवं इस्कान राजविराजको संयुक्त आयोजनामा विगत तीन वर्षदेखी रथयात्रा महोत्सवको रुपमा मनाउन थालिएको आयोजक समितिका हितेश यादवले जानकारी दिनुभयाे । उहाँकाे अनुसार रथयात्रामा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले रथयात्रालाई भयरहित बनाउन ड्रोन क्यामराबाट निगरानी गर्नुका साथै डेढ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयाे ।
रथको अग्रभागबाट दायाँ र बाँया फैलिएका ७५ फिट लम्बाईको डोरी तान्न भक्तजनमा तछाडमछाड नै चलेको थियो । रथयात्रा नगर परिक्रमा पश्चात् पुनः सोही मन्दिरमै पुगेर समापन भएको थियाे ।

रथयात्रामा सप्तरीका साथै सुनसरी, मोरङ, सिरहा, धनुषा तथा भारतको बृन्दावन, मायापुर, मथुरा, दरभंगा, मधुवनी लगायतका स्थानबाट समेत साधुसन्त र भक्तजन सहभागि हुन आएका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button