समाज

पत्रकार गुप्तालाई ज्यानमार्ने धम्कीदिने मण्डल पक्राउ

पब्लिक प्रेस
डम्बर राई साउन १७ गते ।

पत्रकार नवीन गुप्तालाई ज्यान मार्ने धम्की दिने महादेवा गाउपालिका ६ ढिकलि बस्ने अविशेक मण्डल पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिगएका प्रहरीले विहिवार पक्राउ गरेकाे हाे ।

समाचार लेखेकै आधारमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका काेषाध्यक्ष एवं प्रेस युनियन नेपाल सप्तरीका उपाध्यक्ष पत्रकार गुप्तालाई मण्डलले यहि मिति २०८१ साउन १४ गते राती ९ बजे फाेन मार्फत गाली गलाैज गर्दै ज्यान मार्ने धम्की दिएकाे थियाे ।

पत्रकार गुप्तालाई दिइएकाे धम्कीकाे भाेलीपल्ट पत्रकार महासंघ शाखाले धम्की दिने मण्डललाई अविलम्व पक्राउ गरि कानून बमाेजिम कार्वाही गर्न माँग राखी प्रेस विज्ञप्ती जारी गर्दै जिप्रका राजविराजका प्रमुख प्रहरी उपरिक्षक गजुसिद्दी बज्राचार्यलाई निवेदन समेत दिइएकाे थियाे । महासंघद्वारा जारी विज्ञप्तीमा भनिएकाे थियाे २४ घण्टाभित्र अपराधीलाई पक्राउ नगरे चरणवद्ध आन्दोलनमा उत्रन वाध्यता हुने छाै ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button