समाज

छिन्नमस्तामा घरेलु हतियार प्रहार: एक जना पक्राउ, अन्यको खोजी जारी

नविन निर्भय यादव ।
राजविराज, – सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरमा घरभित्र प्रवेश गरी घरेलु हतियार प्रयोग गरेर कुटपिट भएको घटना सार्वजनिक भएको छ।

मंगलबार बिहान १०:०० बजे वैजनाथ मण्डल तथा उनका छोराहरू दिपेन्द्र मण्डल र भुपेन्द्र मण्डल मिलेर खन्ती, दविया, फर्सा जस्ता घरेलु हतियार प्रयोग गरी स्थानिय रामसेवक मलाकार तथा जयप्रकाश मलाकारलाई आक्रमण गरेका थिए।

पीडित पक्षका अनुसार आक्रमणकारीहरूले घरभित्रै प्रवेश गरेर गालीगलौज गर्दै हिंसात्मक रूपले खुकुरी तथा फर्साले प्रहार गरेका थिए, जसका कारण पीडितहरू गम्भीर घाइते भएका छन्।

स्थानीय गाउँले समाजले घटनास्थलमा हस्तक्षेप गरेपछि घाइतेहरूलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याइएको थियो। तर, उपचारमा आवश्यक उपकरणको अभाव रहेका कारण थप उपचारका लागि पीडितलाई विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको छ।

घटनापछि संलग्न व्यक्तिहरू फरार रहेका छन् भने प्रहरीले तीव्र खोजी कार्य अघि बढाएको छ।

एसपी ढकेन्द्र खतिवडाले घटनामा संलग्न वैजनाथ मण्डललाई पक्राउ गरिएको जानकारी दिएका छन्। उनले भने, “अन्यको पनि खोजी कार्य जारी छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।”

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button