समाज

कोशीटप्पु होटलको स्टोरमा आगलागी

देवराज यादव ।

कोशी

सुनसरीको काशी गाउँपालिका ३ पश्चिम कुशाहाको कोशीटप्पु होटलको स्टोरमा आगलागी हुदाँ चार लाख ५० हजार रुपियाँ बढीको समान जलेर नष्ट भएको छ ।

आईतबार विहान भएको आगलागीमा होटेलमा रहेको स्टोर जलेर नष्ट भएको सञ्चालक बैजु मण्डलले जानकारी दिनुभयो । प्रहरीका अनुसार जिल्लाको कोशी गाउपालिका ३ पश्चिम कुशाहा भीमकाली गुल्म हेड क्वटारको १ नम्बर गेटको ५० मिटर दक्षिणमा रहेको कोशीटप्पु होटलमा बिजुल सर्ट भई आगलागी भएको हो ।

आगलागी हुदाँ होटलको स्टोरको समर्पूण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । स्टोरमा रहेको कपडा, खाध्यान र भौतीक संरचना सहित सो बराबरको क्षती भएको हो ।

नेपाली सेना र सशस्त्र प्रहरी, कोशी र इनरुवाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको श्रीपुर सशस्त्र वेश क्याम्पका सशस्त्र प्रहरी निरीक्षक सुदर्शन खातिवडाले जानकारी दिनुभयो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button