प्रहरी प्रशासन

मालपोतमा विचौलियामाथि प्रहरीको एक्सन : ४ जना नियन्त्रणमा

मालपोतमा विचौलियामाथि प्रहरीको एक्सन : ४ जना नियन्त्रणम
पब्लिक प्रेस | राजविराज — जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले मालपोत कार्यालय राजविराजमा अनुगमन गर्ने क्रममा विचौलियाको रूपमा कार्य गर्दै आएका चार जनालाई  विहिबार नियन्त्रणमा लिएको छ।
प्रहरी नायव निरीक्षक (प्र.नि.) को कमाण्डमा खटिएको टोलीले राजविराज नगरपालिका–७ स्थित मालपोत कार्यालय परिसरमा सक्रिय विचौलियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा पर्नेहरूमा राजविराज नगरपालिका–१ का ३८ वर्षीय तुलानन्द ठाकुर, खडक नगरपालिका–१ का ३४ वर्षीय मनिज कुमार साह, सुरुङ्गा नगरपालिका–२ का ४५ वर्षीय बानेश्वर चौधरी तथा बोदेबर्साइन नगरपालिका–१ का ३० वर्षीय जय प्रकाश यादव रहेका छन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ। मालपोत कार्यालयमा लामो समयदेखि विचौलियाको सक्रियता बढ्दै गएको गुनासो आएपछि प्रहरीले अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button